Skip to main content

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

 प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।


Comments

Popular posts from this blog

मेष राशी

२०६६ साल » मेष राशी चू चे चो ला ली लु ले लो अ यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला । कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला । गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न ...

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

मेष राशि वार्षिक राशिफल २०८२

राशि: मेष (Aries) | स्वामी: मंगल ग्रह | रंग: रातो | मूलांक: ९, ८ सामान्य वार्षिक फलः नमस्कार मेष राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि उर्जा, परिवर्तन र नयाँ सुरुवातको हुनेछ। तपाईंको राशिका स्वामी मंगल ग्रह आफ्नै राशिमा रहने छन्, जसले तपाईंलाई आत्मविश्वास, साहस र निर्णयशक्तिमा चार चाँद लगाउनेछ। यो साल तपाईंले लिएका प्रत्येक कदममा सफलताको सम्भावना छ। तर, गुरु ग्रहको असरले केही जोखम पनि ल्याउन सक्छ, त्यसैले जुनसुकै काममा पनि अत्यधिक आवेग हुनबाट बच्नु होला। व्यापार र करियरमा नयाँ अवसरहरु आउनेछ। पारिवारिक जीवनमा सुख-शान्ति रहनेछ। करियर र शिक्षाः यो साल करियरको दृष्टिले धेरै नै उत्कृष्ट हुनेछ। नौकरीमा रहेका व्यक्तिहरुले पदोन्नति र नयाँ जिम्मेवारी पाउने सम्भावना छ। सरकारी क्षेत्रमा काम गर्नेहरुको लागि पनि यो साल शुभ सावित हुनेछ। व्यवसायीहरुले नयाँ योजनाहरु सुरु गर्न उपयुक्त समय हुनेछ। विद्यार्थीहरुको लागि परिश्रमको फल मिल्नेछ। प्रतियोगितात्मक परीक्षाहरुमा सफलताको सम्भावना बलियो छ। आर्थिक स्थितिः आम्दानीको मामलामा यो साल मध्यम रहनेछ। आयका नयाँ स्रोतहरु खुल्न सक्छन्, तर खर्च पनि ब...