तपाईको मेष राशि हो । तपाई लोककल्याणको इच्छुक हुनुहुन्छ । आफ्नो जन्मस्थानमा तपाई रहनुहोला । काम, कार्य आफ्नै ढंगबाट गर्ने हुनुहुन्छ । गर्मी, प्रकृति, रक्तपित्तको विकार तपाईमा हुन्छ । प्रायः पातलो शरिर, कडा दृष्टि, सामान्य विद्या, सामान्य अधिकार प्राप्त, दाजुभाइ पिताबाट अलग रहने, जन्मस्थानबाट टाढै रहने १०-१५ प्रतिशत व्यक्तिमा हुन्छ । चञ्चल स्वभाव, कामकलामा कुशल, दुर्बल घुँडा, एकान्त बस्न रुचाउनु, सन्तानको स्वल्प सुख, गुप्ति तरिकाले कार्य गर्ने, शिर र मुखमा केही दाग, देवीदेवताको उपासनामा साधारण रुचि भएका, थोरै आहारा भएका शाकाहारी प्रिय हुनुहुन्छ । प्रयत्नले यश प्राप्ति गर्ने, सुखपूर्वक जीवन व्यतीत गर्ने, तपाईको प्रबल इच्छा रहन्छ । पछि हुने कुराको मुल्यांकन अगाडि गर्न सक्षम हुनुहुन्छ । परिवारको कल्याण चाहने बानी तपाईमा छ । तपाईको राशि स्वामी मंगलग्रह हो । त्यसैले र्समर्थवान्, दुरदर्शी हुनुहुन्छ । तपाईको शक्ति प्रबल छ । बूढो हुँदा पनि तपाई तन्नेरी जस्तै हुनुहुन्छ । तपाईमा जनसत्ता पनि विद्यमान छ । उच, नीच जुनसुकै कामको निराकरण गर्नुहुनेछ । किरीकिसे शरिर, पुरानो रुढिबुढीको पनि इच्छा गर्ने, कडा मिजास तपाईको छ । त्यसकारण तपाईलाइ कही हानि पुर्याउन सक्छ । चञ्चल स्वभाव, लामो, ठूलो, कामको योजना बनाउन तत्पर हुनुहुन्छ । तपाईलाइ शिर, मस्तिष्क, नेत्रको आसपासको रोगले दुःख दिन सक्छ । चर्मरोग, फोडा, फुन्सी, दुख्ने, पोल्ने रोग हुन सक्दछ । शुक्रबारको दिन १-६-११-२१ तारिख परेको दिन कर्कट वृश्चिक मीन राशिको व्यक्ति भेटिए राम्रो हुँदैन अथवा कर्कट, वृश्चिक, मीन राशिको मानिसको साथ काम १-६-११-२१ तारिख र शुक्रबारका दिन काला, नीला, रंगको कपडा आदि सबै चीज तपाईलाइ हानि दुःखदायी छ । ब्राहम्णको सेवा गने र सम्बन्ध राम्रो हुनेछ । अनावश्यक गफले पिरोल्नेछ । तपाईलाइ वाहन सुख र आय मिल्नेछ । तपाईमा राम्रो मानिसलाई प्रभाव पार्ने क्षमता हुनेछ । युवक अवस्था पनि तपाईको बडो संघर्षले बित्नेछ । जीवन अन्त्य भागमा सुख वैभव सम्पत्तिले भरिपूर्ण हुनेछ । २५ प्रतिशत व्यक्तिमा पहिला भाग हरेक दुःख हुने पनि हुन्छ । तपाईको मुख, खुट्टा, पेट कम्मर तिर एक कालो तिलको चिन्ह वा दाग हुनुपर्छ । हमेशा कुनै ठगबाट ठगिने सम्भव भए पनि तपाई बच्न सक्नुहुनेछ । जुन कामको प्रारम्भ गर्नुहुन्छ पूरा नगरी आनन्दले बस्नुहुन्न। कोही न कोही बचत गर्ने साथी पनि तपाईको हुनेछन् । कोही धोका दिने साथी पनि पर्नेछन् तर तपाईको चलाखीले तपाई बच्न सफल हुनुहुनेछ । तपाईलाइ पूर्व तथा दक्षिण दिशा सम्बन्धित काम हमेशा लाभदायी हुनेछ । आमा, बाबु, भाइबहिनीको सुख कमी नै हुनेछ, सन्तोष हुनेछैन । चञ्चल नेत्र, तीखो दृष्टि, गम्भीर स्वभाव, धर्ममा निश्चिन्त बृद्धि, ठूलो नाम कमाउन इच्छुक तपाईप्रति स्त्रीहरु प्रभावित हुनेछन् । जीविको पार्जनका लागि तपाई सफल हुनुहुन्छ । स्मरण शक्ति तपाईम विद्यमान छ । तपाईको ग्रह मंगल हो । मंगलदेखि प्रभावित हुनुहुन्छ । केही क्षेत्रमा अलमल हुन सक्दछ । त्यसकारण श्री हनुमानजी तथा मलागौरी देवीको उपासना वा ध्यान पूजा हितकर छ ।
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।