Skip to main content

मेष राशी


मेष
२०६६ साल » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला ।

कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला ।

गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न होलान् ।

साउनबाट बक्री गुरु पुनः दसौँ स्थानमा फर्किनाले समय विपरीत हुन सक्ला । उत्तरोतर तनाव बढ्ला । बिलासिताका काममा व्यर्थैकोको खर्च होला । हरेक कदममा सावधानी अपनाउनु पर्ला । परिवारका सदस्यका बीचमा स्नेह, ममता तथा सहानुभूति मिल्ला । सामाजिक सेवा गर्नु राम्रो होला । कार्त्तिक महिनाबाट गुरु मार्गी भएर अगाडि आउनाले काममा परिवर्तन हुँदै जाला । पुसबाट एघारौँ स्थानमा जानाले व्यापार व्यवसाय, आर्थिक सामाजिक सबै क्षेत्रमा सफलता मिल्ला ।

शनि ग्रह तपाईको राशिको पाचौँ स्थानमा बक्री गतिले आउनाले तपाईमा आत्मविश्वास र व्यक्तित्वको विकासमा असन्तुष्ट भइएला । चिन्तनीय परिस्थितिमा व्यस्त रहनुपर्ला । यो वर्ष वयस्क कन्याको विवाहको योग छ । जेठ महिनाबाटै मार्गी शनि सुल्टो हुनेछ । तब छिटफुट छोटो लामो यात्रा हुनेछ । दैनिक कामकाजहरु पुरा होलान् । अर्थ आर्जनको काम गरेमा बेरोजगार रहनु पर्ने छैन । आकाश हुने कल्पना नगर्नु होला । नोकरी व्यापारमा प्रयास गर्दै अगाडि बढ्नुहोला । समाजसेवाको प्रयास गरेमा व्यापार र राजनीतिमा फाइदा पुग्ला । भूमि किनबेचमा धेरै थोरै सफलता मिल्ला । अभिभावक तथा गुरुको आदेशमा रहनाले कल्याण होला ।

भदौ २० गतेबाट शनि छैठौँ स्थानमा प्रवेश गरेकोले अब तपाईलाई परोपकारम रुचि बढ्ला । परिवारको दायित्वमा वृद्धि हुनेछ । नयाँ जनसँगको सर्म्पर्कले मन हर्षित होला । प्रतियोगिता प्रतिस्पर्धामा सफलता मिल्ला । रचनात्मक कार्यमा रुचि होला । श्रेष्ठजनको मान प्रभाव बढ्ला । मानसिक सुख शान्ति मिल्ला । रचनात्मक काममा रुचि बढ्ला । मानसिक सुख शान्ति मिल्ला ।

माघ महिनाबाट छैठौँ शनि उल्टो फर्किनाले मन अशान्त रहला । आवश्यक विवादमा फस्नुपर्ला । स्वास्थ्यमा समस्याले हानी गर्ला । देवताको भक्तिमा मन नलाग्ला । सट्टापट्टामा एक दुइ फेर लाम होला । राजनीति र रोजगारीको क्षेत्रमा विपक्षीबाट मर्माहत भइएला । कठिन परिस्थितिमा पनि साबधान रहेर काम गरेमा अनुकुल सफलता मिल्ला । 

Comments

Popular posts from this blog

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

मेष राशि वार्षिक राशिफल २०८२

राशि: मेष (Aries) | स्वामी: मंगल ग्रह | रंग: रातो | मूलांक: ९, ८ सामान्य वार्षिक फलः नमस्कार मेष राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि उर्जा, परिवर्तन र नयाँ सुरुवातको हुनेछ। तपाईंको राशिका स्वामी मंगल ग्रह आफ्नै राशिमा रहने छन्, जसले तपाईंलाई आत्मविश्वास, साहस र निर्णयशक्तिमा चार चाँद लगाउनेछ। यो साल तपाईंले लिएका प्रत्येक कदममा सफलताको सम्भावना छ। तर, गुरु ग्रहको असरले केही जोखम पनि ल्याउन सक्छ, त्यसैले जुनसुकै काममा पनि अत्यधिक आवेग हुनबाट बच्नु होला। व्यापार र करियरमा नयाँ अवसरहरु आउनेछ। पारिवारिक जीवनमा सुख-शान्ति रहनेछ। करियर र शिक्षाः यो साल करियरको दृष्टिले धेरै नै उत्कृष्ट हुनेछ। नौकरीमा रहेका व्यक्तिहरुले पदोन्नति र नयाँ जिम्मेवारी पाउने सम्भावना छ। सरकारी क्षेत्रमा काम गर्नेहरुको लागि पनि यो साल शुभ सावित हुनेछ। व्यवसायीहरुले नयाँ योजनाहरु सुरु गर्न उपयुक्त समय हुनेछ। विद्यार्थीहरुको लागि परिश्रमको फल मिल्नेछ। प्रतियोगितात्मक परीक्षाहरुमा सफलताको सम्भावना बलियो छ। आर्थिक स्थितिः आम्दानीको मामलामा यो साल मध्यम रहनेछ। आयका नयाँ स्रोतहरु खुल्न सक्छन्, तर खर्च पनि ब...