मेष राशिलाई परिस्थिति अनुकूल नहुनाले मंसिर महिना केही संघर्षमय रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखापर्ने सम्भावना छ। अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। नियमित व्यापारले सामान्य लाभ भने भइरहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। नयाँ काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। लगनशील बन्दा अध्ययनमा लक्ष्य प्राप्त गर्न सकिनेछ।
यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
Comments
Post a Comment