Skip to main content

तपाइको यो साप्ताहिक राशिफल


मेष
२०६७ साल » १ हप्ता » मेष राशी
चू चे चो ला ली लु ले लो अ
समय समष्टिमा राम्रो चल्नेछ । आँटेका कुरा सफल हुनेछन् । मनमा प्रसन्नता बढ्नेछ। अरुबाट उचित सहयोग मिल्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने तथा जोस र जाँगर बढ्नेछ । नोकरी तथा राजनीतिमा सोचेजस्तै सफलता मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । 















२०६६ साल » ४९ हप्ता » मेष राशी
चू चे चो ला ली लु ले लो अ
तपाइको ग्रहगोचर शुभ योगमा रहको छ । जग्गा जमिनको कामबाट विशेष लाभ मिल्नेछ । अध्ययनमा रुचि बढेर जानेछ । शत्रु र रोगबाट मुक्ति मिल्ने छ । मान सम्मानमा भने वृद्धि नै हुनेछ । यात्राबाट विशेष लाम भिल्नेछ । 

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।