Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


मेष
२०६६ साल » चैत्र महिना » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यस महिनामा सूर्यले तपाइको जन्मराशिको पाचौ स्थानको भ्रमण गर्दै हुनुहुन्छ । सूर्यका तर्फबाट यस महिनामा तपाइलाई शोक, चिन्ता आदि पर्न सक्ला । वाथ पित्तसम्बन्धी रोगले सताउला । स्वास्थ्यले अवश्य पनि साथ देला । दाम्पत्यजीवन सुखमय रहला । पुत्र परिवारमा झमेला आइपर्ला । धनको हानी होला । मन खिन्न रहला । बुद्धिले बाटो बिराउला । अपमानित हुनुपर्ला । मन असन्तुष्ट रहला ।मंगल ग्रह तपाइको राशिको पाँचौ स्थानमा भ्रमण गर्दै आएकाले ज्वरोको आक्रमणको सम्भावना छ । सन्तानको कारण दुःख होला । धनको नाशको सम्भावना छ । शत्रुबाट पीडा होला । कार्ययोजनाहरु ब्रि्रेलान् । मनमा उत्साह थपिएला । हिम्मत सेलाउला । बुध पनि सूर्य र मंगलसँगै पाँचौ स्थानमा परेकोले स्त्री र पुत्रसँग कलह होला । तपाइका पीडा र झगडाको सम्भावना रहेको छ । कामकाजमा जाँगरको कमी आउला । मनमा शोकसन्ताप आदिको सम्भावना छ । अध्ययनमा बाधा योग सम्भावना छ । कडा परिश्रमले मात्रै सफलता मिल्नेछ । उच्च रक्तचापले सताउन सक्ला ।शुक्र पनि पाँचौ स्थानमा भएकाले शुक्रका तर्फबाट तपाईलाइ परिवारमा सन्तोष मिल्ला । परिवारमा सदस्यको स्वास्थ्यमा सुधार आउला । नोकरी जागिरबाट पनि सफलता मिल्ला । समयले अवश्य पनि साथ देला । अन्न, धनको पनि प्रशस्तै मात्रामा लाभ होला । यो महिनमा चार ग्रह पाँचौ स्थानमा परेकाले नराम्रो फलदिने ग्रह धेरै भएता पनि ७ गनेभन्दा पछाडि समयमा आफू बसेको ठाँउबाट कतै र्सर्नुपर्ने हुनसक्छ । बढुवाको सम्भावना छ । तपाईको विजयको सम्भावना छ । धन अन्न आदि बस्त्रको लाभ होला । उत्तम पुस्तक पढ्ने मौका मिल्ला । शुक्रका तर्फबाट चाहिँ शत्रु वृद्धि र विपत्तीको सम्भावना छ । धातु क्षयको रोग, स्थानको नाश, स्त्रीसँग वैरभाव आदिको सम्भावना छ । 

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।