Skip to main content

२०७३ सालको बार्षिक राशि फल

गुरुको अनुकूलताले वर्षको प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। अहिलेको प्रयत्नले पछिसम्म लाभ उठाउन 


सकिनेछ। अध्ययनको सफलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल 


स्थानमा सरुवा हुने सम्भावना देखिन्छ। दाम्पत्य वा प्रेमको बन्धन कसिन सक्छ। कृषि तथा व्यवसायमा पनि फाइदै 


हुनेछ। परिवारजनमा सन्तानको माध्यमबाट प्रसन्नता मिल्नेछ। साउन २२ गतेपछि बृहस्पति चुनौतीभावमा जानाले 


काममा केही समस्या आउन सक्छन्। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने शत्रुहरूबाट दुःख पाइनेछ। कष्टभावका शनिले फागुन 


५ गतेसम्म अढैयाजन्य बाधा तथा स्वास्थ्यमा समस्या निम्त्याउने देखिन्छ। विद्यामा राहुको उपस्थितिले पढाइलेखाइ 


अवरुद्ध बन्न सक्छ। ढाड–जोर्नी, पेट तथा कब्जियतको समस्याले सताउन सक्छ। आम्दानीको तुलनामा धेरै खर्च हुनेछ 


भने ऋणभार समेत बहन गर्नुपर्नेछ। प्रवासमा हुनेहरूलाई रोजगारीको चिन्ताले सताउन सक्छ। जन्मकुण्डलीमा शनि 


कमजोर हुनेहरूले नियमित काली भगवतीको पूजा–आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउनुहोला। यस्तै, 


वटुकभैरव तथा छिन्नमस्ता भगवतीको उपासना गर्दा राहुजनित दोषबाट मुक्त हुन सकिनेछ। यसबाहेक आफ्ना इष्ट 


देवी–देवताको समेत पूजाआजा गरी रोकिएका काममा पुनः प्रयास गर्दा लाभ हुनेछ। वैशाख, साउन, मंसिर तथा चैत 


महिना अलि कमजोर रहनेछन् भने असार, असोज, माघ र फागुन महिना विशेष फलदायी रहन सक्छन्।

Comments

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।