प्रेमसम्बन्धले गर्दा यो राशिका मानिसहरुलाई कार्यदक्षतामा गतिशीलता दिन मद्दत गर्दछ । यिनीहरु प्रेमबिना मानसिक र शारिरिक रुपमा बिरामी जस्तै हुन्छन् । यिनीहरु सेक्सलाई जीवनको एक महत्वपूर्ण अंग भनि सम्झन्छन् । यिनीहरुमा प्रेम भावना प्रेमरुपमा विकास हुन्छ । यो राशिका पुरुषहरु स्त्रीबाट चतुरता, कोमला, सौर्न्दर्यता एवं उनीहरुको विशेषतामा ज्यादै परिचित हुन खोज्दछन् । आफ्नो प्रेमसम्बन्धबाट कतैबाट र कसैबाट आफूलाई रोकावट हुने काम भएमा ज्यान दिन पनि पछि पर्दैनन् । तर आफ्ना अनुभवहरु भने अरुलाई भन्न रुचाउछन् । सधै वास्तविकतामा राखेर प्रसन्न हुन चाहन्छन् र आफूलाई सधै सक्रिय गराएर पनि राख्न मन पराउछन् । कन्या राशिसँगको प्रेम अधिक सफल र विश्लेषणात्मक किसिमको हुन्छ जसको मद्दतले आफ्नो जीवनका हरेक उद्दश्य तथा योजना सफल पार्नमा मद्दत मिल्नेछ । कर्कट र मीन राशिसँगको प्रेमले भने जीवनमा नैराश्यता बाहेक अरु केही उपलब्धी दिलाउन सक्नेछैन ।
यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।










Comments
Post a Comment