Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिको मेष राशिसँग सम्बन्ध 

मेष राशिको मेष राशिसँगको सम्बन्ध राम्रो हन्छ सहकर्मी, स्वामीसवेक, सहमैत्री, स्त्रीपुरषको सम्बन्ध राम्रो हुन्छ किन्तु कहिलेकाही झगडा भए पनि चाँडै शान्त भई मेल हुन्छ सर्वत्र व्यवहार राम्रै चल्दछ अर्काका दुःख विचार गर्ने अर्काको प्रहार नसहने, नजिक भन्दा टाढा रहनाले प्रेम रहला


वृष राशि सँग

मेष राशिको वृष राशि शत्रु पर्नेछ व्यापार सम्बन्धमा त्यति सफल छैन मेष राशिलाई हानि पुर्याउने वृष राशिले अग्रणी भूमिका खेल्छ पतिपत्नीको लागी निर्वाह अवश्य हुनेछ आर्थिक स्थिति भने कमजोर रहनेछ मेषको अग्निरुपी रिस असहनीय भएपनि वृषले सहन शील भएमा केही राम्रो होला


मिथनु राशि सँग

मिथुन राशिसँग मेष राशिको सम्बन्ध परस्पर लाभकारी पतिपत्नीमा जीवन निर्वाह हुनेछ आपसमा शारिरिक आकर्षण, प्रीति हुनेछ सहपाठी, सहकर्मी, व्यापारको पार्टनरसँग सामान्य व्यवहार हुन्छ आफ्नो सुविधा देख्नेछन् आफ्नो अर्काको मर्का बुझेका हुदैनन् मेषले मिथुनको चिन्ता लिने उदासी हुने हुन्छ


कर्कट राशि सँग

कर्कटलाई मेषले राम्रो सम्बन्ध दिनेछ साथी दोस्ती यिनीहरुको राम्रो रहनेछ यिनीहरु मित्र राशि पर्दछन् मेष कडा भए पनि कर्कट शान्तिशील हुँदा त्यति दुश्मनी हुदैन तर २५ प्रतिशत व्यक्तिमा विवादको कारणबाट भिन्नता विच्छेद पनि हुन्छ पति पत्नी, भाइबहिनीमा सम्बन्ध ठीक रहन्छ पार्टनरसँग त्यति ठीक रहदैन यसमा दुवैको एकनास नहुन पनि सक्नेछ कर्कट सहनशील भएमा राम्रो प्रेम रहला


सिंह राशि सँग

यी दुइ राशिविच आन्तरिक मित्रता हुन्छ पति पत्नी, माता पिता, पुत्रपुत्रीसँग सम्बन्ध राम्रो हुन्छ आपसी सुरक्षा गर्ने भावना रहन्छ यी दुइ राशिको खराब व्यवहार कहिल्यै हुनेछैन मेष सिंहको स्त्री पुरुष सम्बन्ध प्रेम राम्रो हुनेछ यिनीहरु दुइ राशि बाहक व्यक्तिहरुको राम्रो व्यवहार हुनेछ यिनीहरु आकर्ष पनि हुन्छन् 


कन्या राशिसँग

कन्या राशिसँग मेष राशिको सम्बन्ध ठीक हुदैन मेषको कन्या प्रेमदायी आलोचक हुन्छन् पति पत्नीको एक अर्का प्रति कोही समर्पित हुदैनन् यसकारण  दम्पत्ति जीवन निर्वाह गर्न सरल हुदैन खास गरेर कारोबार, व्यापारी, साझेदारी काम निर्वाह गर्न कठीन हुनेछ कन्यामा गृह प्रबन्ध अथवा आध्यात्मिक कार्य धनको आर्जन गर्ने क्षमता भए पनि यसको विपरीत मेष चाहिँ आडम्बरी घमण्डी गर्ने हुन्छ अतः कन्याको लागि मेष बोझ भारी हुनेहुँदा यी दुवै राशि शुभ समानता हुदैनन्


तुला राशि सँग

तुला राशिसँग मेषको नैतिक सम्बन्ध त्यति राम्रो नहुन सक्नेछ कारोबार निर्वाह सम्म हुनसक्छ मेषलाई तुलाराशिले हानी पुर्याउने तुलाप्रति मेष कठोर विचारको भए पनि सद्विचार राख्छ  कुनै अवस्थामा सक्रियाताले लाभ हुन पनि सक्दछ विवाह, जीवनको लागि यी दुइ राशिको सम्बन्ध प्रेम राम्रै हुन्छ व्यापारिक साझेदारमा पनि राम्रै हुने हो तर सहपाठी सहकर्मी सहचरको रुपमा राम्रो आदान प्रदान हुनेछ तुला राशिको विचारमा मेष राशिले काम गर्दा राम्रो हुन्छ मेषको विचारमा तुला यसको विपरीत हुन्छ


वृश्चिक राशिसँग

मेष राशिको वृश्चिक राशिसँग षटकाष्ट पर्नेछ हुन राशिको स्वामी एउटै इश्वर भएकाले मित्र हुन्छ विवाह, बरबधु, राम्रो बताएको तापनि अन्य व्यवहारमा यस प्रकार फल   दुवैको स्वामी मंगल हुँदा तपाइको सम्बन्ध विवाद हुन्छ एकले अर्काको सुरक्षा गर्नेछैन बरु अर्कामा चोट पुर्याउने दुश्मनी नै हुनेछ मेष सावधान भए पनि वृश्चिकको क्रोधको दुरी बढ्नेछ


 धनु राशि सँग

धनु राशिसँग मेष राशिको आन्तरिक सम्बन्ध शुभ, राम्रो हुन्छ स्वामी सेवकको व्यवहार व्यापार दुवैको सिद्धि हुनेछ यस राशिको वरवधूको विवाह गरेमा प्रेम सम्बन्ध राम्रो रहन्छ एक अर्काको दुःखसुखको विचार गर्ने, आफै समान सोच्नेछन् यिनको नराम्रो आदत हुँदैन, मेषको लागि धनु राशि मार्गदर्शक दिने धनुको लागि मेष संरक्षक हुन्छ धेरै समय पनि तेरो मेरो भन्ने विवाद पर्नेछैन दृढ सम्बन्ध हुन्छ 


मकर राशि सँग

मकरसँग मेषको औपचारिक सम्बन्ध ठीक हुन्छ राशि स्वामी शनि मंगल हुँदा  जीवनभर प्रेम नहुन सक्छ    दुइको सम्बन्धमा खटपट, मतभेद हुन्छ तर यिनको उद्योगशीलता राम्रो हुन्छ शिक्षा, प्रकाशन कार्यमा मित्रता नै रहन्छ   घरायसी कार्य अन्य सम्बन्धमा यिनको शत्रुता एक अर्काको लागि प्राणघातक समान हुनेछ मेष राशिवालाहरु मकर राशिवाला प्रशासनभित्र बसेमात्र सम्बन्ध स्थायित्व हुन्छ नत्र कलहपूर्ण जीवन बिताउनुपर्नेछ


कुम्भ राशिसँग

मेष राशि कुम्भ राशि आपसमा सहज आकर्षण हुनेछन्   एक अर्काका लागि लाभकारी हुन्छन् तर दुवैको मित्रतामा एकरुपता आउने छैन वादविवाद ठाकठुक भइरहन्छ मेष कुम्भको अधिनमा हुनुपर्छतबमात्र मेषलाई लाभ हुन सक्छ मित्रता गर्दा मेषलाई लाभ तथा कुम्भलाई हानी हुनेछ विवाह आदि कार्यमा दुइको सम्बन्ध ठीक हुँदैन शारिरिक सम्बन्धमा तनाव एवं कलह बढ्नेछ आर्थिक सम्बन्धमा जनधनको क्षति हुनेछ


मीन राशि सँग

मीन राशिको मेषसँग नजिकको सम्बन्ध हुनेछ तर कहीकही विवादपूर्ण  रहन्छ सम्बन्ध कठिनले निर्वाह हुन्छ सम्बन्ध कडा हुनेहँदा दोस्रो इखालु हुनेछन् मीन मेषको बाहिरी मित्रता राम्रो देखिन्छ  किन्तु पारिवारिक सम्बन्धमा मीनको लागि मेष राशि बोझ हुनेछ कर्म क्षेत्रमा सहयात्री हुनेछन् राजनीतिक प्रसिद्ध भने मेषलाई प्रेरणा दिनेछ दुवैको अलग अलग पेशा हुन आवश्यक त्यस्तो भए राम्रो हुनेछ

Comments

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।