Skip to main content

स्वभाव र चरित्र

मेष राशिको स्वामी मंगल ग्रह हो । अग्नि तत्व राशि हो । यो चर राशि हुनाले यस राशि हुने मानिसहरु अहंकारी, छिटो काम गर्ने, स्वतः व्यवहार गर्ने, परोपकारी, सत्य व्यवहार गर्न खालका हुन्छन् । समाजमा श्रेष्ठ असल काममा लागी पर्ने, आफ्नो उन्नतिमा चासो राख्ने, आँटेका काम अन्तिम अवस्थासम्म पनि पुरा गर्ने, यिनीहरु चञ्चल, कल्पना गरेका काममा लागी हाल्ने, समयको विचार त्यति ललिन, चाडै चिडिने, कामुक, भ्रमणशिल, खराब स्त्रीबाट कसैलाइ अपमानित पनि हुनुपर्दछ । कसैको धाक धक्कु सहन नगर्ने, आफ्नो शत्रुमाथि आक्रमण गर्ने, चमत्कारी कार्य गर्न मन पराउने, उनीहरुको जीवन प्रेम सम्बन्धमा राम्रो हुन्छ । आफू र्समर्थवान धए पनि अर्काले हेर्दा डर त्रासमा रहने जस्तो देखाउछन् । उनीहरु अमिल्दा जातकासँग त्यति लाडिदैनन् । प्रेमलाई आफ्नो र्सवस्व दिन हिच्चिचाँउदैनन् तर र्सवकाल स्थायी नहुन सक्छ । बीचमा टुंगिने सम्भावना रहन्छ । त्यसकारण एकमात्र प्रेमी भएमा स्थायी हुन्छ । यो राशिको कन्या, वृष, तुला, मकर र कुम्भ राशि वैरी हुन्छन्। अरु राशि समान छन् ।

Comments

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।