गुरुको अनुकूलताले वर्षको प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। अहिलेको प्रयत्नले पछिसम्म लाभ उठाउन सकिनेछ। अध्ययनको सफलताले विदेश जाने अवसरसमेत दिलाउन सक्छ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानमा सरुवा हुने सम्भावना देखिन्छ। दाम्पत्य वा प्रेमको बन्धन कसिन सक्छ। कृषि तथा व्यवसायमा पनि फाइदै हुनेछ। परिवारजनमा सन्तानको माध्यमबाट प्रसन्नता मिल्नेछ। साउन २२ गतेपछि बृहस्पति चुनौतीभावमा जानाले काममा केही समस्या आउन सक्छन्। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने शत्रुहरूबाट दुःख पाइनेछ। कष्टभावका शनिले फागुन ५ गतेसम्म अढैयाजन्य बाधा तथा स्वास्थ्यमा समस्या निम्त्याउने देखिन्छ। विद्यामा राहुको उपस्थितिले पढाइलेखाइ अवरुद्ध बन्न सक्छ। ढाड–जोर्नी, पेट तथा कब्जियतको समस्याले सताउन सक्छ। आम्दानीको तुलनामा धेरै खर्च हुनेछ भने ऋणभार समेत बहन गर्नुपर्नेछ। प्रवासमा हुनेहरूलाई रोजगारीको चिन्ताले सताउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले नियमित काली भगवतीको पूजा–आराधना गरी प्रत्येक शनिबार पीपलम...