Skip to main content

२०७२ सालको बार्षिक राशि फल

ग्रह गोचर यस बर्ष मध्यम रहनेछ । अढैँया शनिको प्रतिकूल प्रभाव बर्षभरी नै रहनेछ । कर्मेश र आयेश अष्टमस्थानमा रहेकोले अर्थिक अवस्था र स्वास्थ्य अवस्था राम्रो देखिन्न । हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि हुँदैन । बेलाबेलामा मन विचलित भइरहनेछ । माघसम्म राहु अनुकूल भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै शत्रु पराजय हुने, मित्रहरुको सहयोग पाउने योग छ । गुरुको अनुकूलताले बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ । राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरुबाट सुख र नहुनेहरुको लागि सन्तान प्राप्तीको योग पनि यो बर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । छात्रवृद्धि हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर मिल्नेछ । व्यपारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसङ्गले वैवाहिक मार्ग अवलम्वन गर्ने छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने श्रावण, मार्ग, चैत्र धेरै समस्या झल्नुपर्ने समय छ । स्वास्थ सन्तुलित राख्न धेरै हिड्ने, खानपानमा विचार पु¥याउने गर्नुहोला । नगद सहयोग गर्न बन्द गर्नुहोला, बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । बर्षभरी नै विहान उठेर ‘ॐ नमः शिवाय’ मन्त्र १०८ जप गर्नु सर्वोत्तम हुनेछ । 

Comments

Popular posts from this blog

पुष २०८०

  यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

२०८० मंसिर १९ गते, मंगलवार, ५ डिसेम्बर २०२३। मार्ग कृष्ण अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

  प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

२०८० मंसिर १८ गते, सोमवार, ४ डिसेम्बर २०२३। मार्ग कृष्ण सप्तमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

  सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ। चिताएका काम सम्पादन हुनेछन्। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।