Skip to main content

Posts

Showing posts from 2015

२०७२ सालको बार्षिक राशि फल

ग्रह गोचर यस बर्ष मध्यम रहनेछ । अढैँया शनिको प्रतिकूल प्रभाव बर्षभरी नै रहनेछ । कर्मेश र आयेश अष्टमस्थानमा रहेकोले अर्थिक अवस्था र स्वास्थ्य अवस्था राम्रो देखिन्न । हाड जोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि हुँदैन । बेलाबेलामा मन विचलित भइरहनेछ । माघसम्म राहु अनुकूल भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै शत्रु पराजय हुने, मित्रहरुको सहयोग पाउने योग छ । गुरुको अनुकूलताले बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बुद्धिको उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ । राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरुबाट सुख र नहुनेहरुको लागि सन्तान प्राप्तीको योग पनि यो बर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । छात्रवृद्धि हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर मिल्नेछ । व्यपारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसङ्गले वैवाहिक मार्ग अवलम्वन गर्ने छ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन महत्