Skip to main content

Posts

Showing posts from 2010

तपाइको २०६७ सालको बार्षिक राशिफल

२०६७ साल » मेष राशी चू चे चो ला ली लु ले लो अ यो २०६७ साल हो । यस वर्ष मेष राशि हुनेहरुको राहु नवौँ स्थानमा र केतु तृतीय स्थानमा रहन्छन् । राहु केतुले गर्दा यस वर्ष तपाइको कार्य सफल हुनेछन् । समस्या समाधान हुन्छन् । कार्य गर्दा सुझबुझको कमीले हानी हुन सक्ला । प्रयन्नगर्दा काम सफल होला । आनन्द प्राप्त गर्न तड्पिनु होला । चिन्ता, धर्मकर्ममा बाधा योग भए पनि शक्ति र साहस बढेर जानेछन् । मान्यजनबाट दुःख कष्ट होला । शरिरको शान्ति मलिन र केही हतासपन देखापर्ला । निरास हुनुहोला । यस वर्ष वैशाखको मध्यबाट बृहस्पति ग्रह बाह्रौँ स्थानमा भ्रमण गर्नाले घरपरिवारमा झमेला आइपर्ला । कुटुम्बबाट पीडा बेहोर्नुपर्ला । भौतिक संरचनासम्बन्धी काममा हानी होला । लगानी बढ्ला । व्यर्थमा संरचनासम्बन्धी काममा हानी होला । लगानी बढ्ला । व्यर्थमा सघर्ष गर्नुपर्ला । मन चिन्तित रहला । निर्णय गर्ने क्षमता हराउला । आकस्मिक दुर्घटना होला । रोगले सताउला । यस वर्षो साउनदेखि बृहस्पति बक्री हुनाले कार्तिकसम्म तपाइलाई अशान्ति होला । अनावश्यक परिवर्तन होला । कठोर परिश्रम र सहनशीलताले जीवन निर्वाह होला । नराम्रो समय भए पनि मानसम्मा

मेष राशी

२०६६ साल » मेष राशी चू चे चो ला ली लु ले लो अ यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला । कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला । गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न