Skip to main content

Posts

Showing posts from March, 2010

मेष राशी

२०६६ साल » मेष राशी चू चे चो ला ली लु ले लो अ यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला । कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला । गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न